सरु दाहाल अधिकारी
मलाई पनि राराकी परी हुन मन लाग्यो
तिम्रो रुप भिजाउने झरी हुन मन लाग्यो #

अटल ,निर्मल भई बस्ने दह रैछेउ स्वर्गकी
तेस्तै नाम लेख्न सक्ने खरी हुन मन लाग्यो #
चारै तिर जङ्गल रैछ बिचमा तिम्रो घरबारी
तिम्रो बिस्कुन चोरी खाने चरी हुन मन लाग्यो #
बादलुको घुम्टोले लुकाइ राख्छ कहिलेत
बेजोढले हटाउने हावा सरी हुन मन लाग्यो #
जताततै हरियाली डाढाकाढा बन्य जन्तु उत्तिकै
तिर्खा मेट्ने पानी बनी भाडा भरी हुन मन लाग्यो #
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021