हामी सबै नेपाली एक हुनु पर्ने अबस्था आएको छ र यो भाइरसको कारण हामिलाइ एक हुनपनी पक्कै सिकाउने पनि छ।मीना दाहाल अधिकारी महिला उधोगी तथा सामाजिक अभियन्ता

मीना दाहाल अधिकारी
महिला उधोगी तथा सामाजिक अभियन्ता।

चिनबाट सुरुभएको covid -19 हाल विश्व ब्यापी भएको छ।अहिले सम्म करिब १६००० मानिसहरुको मृत्यु भैसकेको छ भने लाखौ जना यो भाइरसबाट संक्रमण भैसकेका छन।हाल चीन यो भाइरसबाट काबुमा आएता पनि अन्य देशहरुमा भने भुसमा आगो सल्केको जस्तो गरि यो भाइरस भित्र भित्रै सल्किरहेको छ।

चाइनाको एक भुमीबाट सुरु भएको यो भाइरसले धेरै मानिसको ज्यान लियो र सरकार गम्भीर हुँदै राष्ट्रिय , अन्तर्राष्ट्रिय सबै साधन बन्द गरि सम्पुर्ण देशलाई लकडाउनको घोषणा गर्यो र त्यो घोषणालाई सबै जनताले इमान्दार पुर्बक पालना पनि गरे र अहिले त्यो भाइरसलाइ फैलिन करिब सुन्यको आकडामा ल्याउन सफल पनि भए।

अहिले नेपाल सरकारले ७ दिनको लकडाउन घोषणा गरेको छ र यो लकडाउन पक्कैपनी ७ दिनमा सिमित रहने छैन र यो लकडाउन महिनौ दिनसम्म चल्ने सम्भाबना देखिएको छ।आज मात्र छिमेको देश भारतले पनि २१ दिन आफ्नो देशलाइ लकडाउन गरेको छ र यो लकडाउन बढ्न पनि सक्ने सम्भावना देखाइएको छ।

यो भाइरसले कति सम्म राज्यलाइ अशर गर्दो रहेछ भन्ने इटालीमा सल्किरहेको र मृत्यु भैरहेको आकडाले देखाइसकेको छ।यो भाइरस इटलीमा यसरी फैलियोकी तेसलाइ रोक्न तेहाको सरकार असफल नै देखिसक्यो र अब भगवान भरोसा छोड्नु बाहेक अरु केही बाकी देखिएको छैन।अहिले इटालिमा आफ्नो परिवारको मृत्यु भएपछी अन्तिम कार्यमा जानपनी नपाउने अबस्था आइसकेको छ।

हामिलाइ अझ समय छ तेसैले राज्यले भनेको हरेक कुरा आफ्नै लागि हो भन्ने बुझी राज्यको हरेक आदेश इमानदारी पुर्बक पालना गर्नु पर्दछ।राज्य हाम्रो अभिबाबक हो र राज्यले गरेको निर्णय हामी पालना गरौ।।यो भाइरसले तपाइलाइ मात्र असर गर्ने होइन तपाईं बाहेक तपाइको परिवार र पुरै समाज अनि देशलाइ नै असर पार्नेछ।

नेपाल सरकारले लकडाउन गरेको सम्पुर्ण नेपालीहरुको लागि फाइदाजनक छ तर पनि दैनिक ज्याला दारी गरि बस्ने ती नेपालीहरुको के हालत हुन्छ होला अबको केही दिनमा ?
हामी नेपालीहरु सहयोगी भावना भएका छौ । यहाँ हुने ठुल- ठुला धान्यान्चाल भनौ या सप्ताह हामी नेपालीले लाखौ करौडौ दिने गरेका छौ।अब बुझ्नु पर्ने के छ भने हिजो हजुरहरुले कुनै कामलाऐ दिइ रहेको लाखौ रुपैया भन्दा अब तेस्ता ब्यक्तिलाइ सहयोग गर्नु भयो भने सयौ गुना बढी सामाजिक काम हुने छ र सयौ बढी धर्म हुनेछ।

हामी सबै नेपाली एक हुनु पर्ने अबस्था आएको छ र यो भाइरसको कारण हामिलाइ एक हुनपनी पक्कै सिकाउने पनि छ।हामी जति सुकै घरभित्र लुकेर मिठा मिठा खाइ ती गरिबको बारेमा सोचिएन भने झन अहिलेको भन्दा बिकराल स्थिती नआउला भन्न सकिँदैन।जब पेट भोको हुन्छ उनिहरु सडकमा आउनेछन , तपाइहरुको घर भित्र पस्नेछन र अब सुन चादी होइन तपाईं सङ्ग भएको अन्न लुत्ने छन।

यो बेला सबैले सबैको सहयोग गर्ने बेला हो तर मौका यहि हो भनी केही राक्षस रुपि मानबहरु भएको खाध्यान्न,ग्यास,आदि अति आबस्यक बस्तुहरुको कालो बजारी गर्न सुरु गरिसकेका छन । हामी पनि अलि चनाखो।हुनुपर्ने आबस्यक छ र तेस्ता कालो बजारी गर्नेलाइ समाजबाट बहिस्कार गरौ। आफ्नोलागी मात्र होइन अरुको लागि पनि बाच्न जानौ। सन्सार कठिन स्थितिमा छ तेसैले हामी नैतिकबान हुदै धैर्य र अनुशाशित बनौ।

Facebook Comments