- 20Shares
लकडाउनमा छाक टार्न समस्या हुनेलाई १० किलो चामल, दुई किलो दाल
१३ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्याइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो
‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि यो निर्णय गरेका छौं’ नगरप्रमुख बासुदेव घिमिरेले अनलाइनखबरसँग भने, ‘सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्नेवित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न पुर्याइदिने छ ।’
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021