- 214Shares
बिभिन्न स्कुल तथा कलेजका बिध्यार्थी भाइ बैनीहरुले प्रयोग गर्ने ब्याग तथा टाइ र ड्रेस उत्पादन गर्दै आइरहेको हिमालय युनिफर्म हाउस प्रा.लि. ले अहिले बिश्व नै त्रसित भएको कोरोना भाइरस महामारीको बेलामा केहिले मास्कको कालाबजारी गरेका र केहिले भएका मास्क पनि कृतिम अभाब गराउदा आम जनसमुदायले लगाउने मास्कको कमि महसुस गरि उक्त उधोगले केही समयदेखी सर्बसुलभ दरमा उच्चकोटीको तीन प्लाइ मेडिकेटेड मास्क उत्पादन गर्दै आइरहेको छ।
उधोगका प्रोपाइटर शन्तोश थापाका अनुसार आफुले आफ्नो देशमा परेको बिपतलाइ केही सहयोग गर्न सकिन्छ कि भनेर उक्त मास्क आफ्नो उधोगबाट उत्पादन गरेको जनाएका छन। केही दिनदेखी सन्तोस थापाले विभिन्न ठाउमा गरि गरिब ब्यक्ती , प्रहरी दाजु भाइ तथा बाटो मास्क नलगाइ हिड्ने बटुवाहरुलाइ सचेतना दिदै निशुल्क करिब ५०० मास्क बितरण गरेका थिए।
हाल विश्वमा फैलिरहेको कोरोना भाइरसले बिरामीलाई उपचार गर्न डाक्टरहरुले बिशेष पोशाक लगाउनु पर्छ र सो पोशाक ( PPE ) पनि अन्तराष्टिय स्तरको आफैले उत्पादन गर्न सकिने हुदा सम्बन्धित ठाउमा सहयोग स्वरुप आफुले सो पोशाक बनाइदिने भन्दै पटक पटक सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको जनाएका छन।
सम्बन्धित निकायलाइ उक्त पोशाक बनाउन चाहिने चिजहरु काठमाण्डु र बिरगंजमा पाइने र सो कच्चा पदार्थ आपुर्ती गरिदिएमा आफुले आफ्नै उधोगमा निशुल्क बनाइदिने कुरा गर्दा गर्दैपनी गैडाकोटको एक गार्मेन्टबाट कमसल खालको PPE उत्पादन गर्न लागेका र सो PPE को लागत भन्दा पनि धेरै मुल्यमा खरिद गर्न खोजिएको र यो खरिदमा कमिसनको खेल पक्कै रहेको जनाएका छन। आफू सङ्ग दक्ष कालिगढ तथा हाइजेनिक उधोग रहेको र निशुल्क बनाइदिने भन्दा भन्दै अरु उधोगमा अधिक मुल्यमा बनाउनु भनेको हामिले बुझ्न सकिन्छ।
उनी दुखेसो पोख्दै भन्छन मैले निशुल्क सहयोग गर्छु भन्दापनि मेरो कुनै सुनुवाइ नै भएन । सम्बन्धित निकायले मेरो उधोग निरीक्षर नगरी अन्य उधोगलाइ दिनु भनेको नै यो बिपतको बेलामा पनि कमिसनको खेल खेल्न खोजेका हुन।
अझैपनी केही बिग्रेको छैन कमिसनको खेललाइ छाडेर आफुले दिने निशुल्क सहयोगलाइ कदर गरि आउछन भने आफू तयार रहेको बताएका छन।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021