/नेपाल टेलिकमको प्रेस बिज्ञप्तिले सरकारको खिल्ली उडाएको छ।

नेपाल टेलिकमको प्रेस बिज्ञप्तिले सरकारको खिल्ली उडाएको छ।

नेपाल टेलिकमको प्रेस बिज्ञप्तिले सरकारको खिल्ली उडाएको छ।

कोरोना भाइरसलाई मानवजाती सामू पैदा भएको सबैभन्दा ठूलो खतरा मानिएको छ ।
संसारभरी अहिलेसम्म यो भाइरसले २० हजार बढीको ज्यान लिइसकेको छ ।नेपालमा पनि अहिले सम्म ३ जना संक्रमित देखिएको छ । यो महामारी फैलनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसको औषधी विकसित गर्न सकिएको छैन ।
बिशेष गरेर यो रोग फैलिने आधार भनेको सास प्रस्वास तथा हातमा टासिएका कोरोनाका जिबाणुबाट नै हो।यो रोगको औषधि नै नभएकोले फैलिन नदिने बिकल्प भनेको हात राम्रो सङ्ग साबुन पानीले धुनु र सकेसम्म घरबाट बाहिर ननिस्कनु नै हो।
अहिले यो घडीमा सबैजना त्रसित बनेका छन । यो संकट घडीमा आफ्ना आफन्तहरु देश तथा बिदेशमा छरिएको र एकआपसम भेट हुन नसक्ने अबस्था छ।यहि संकटको क्षणमा नेपाल टेलिकमले सम्पुर्ण सेवाहरु निशुल्क प्रदान गर्नुपर्नेमा अनाबस्यक व्यापार गर्ने तथा धेरै भन्दा धेरै कमाउने उदेश्यले ल्याएको छ।

Facebook Comments