मानबिय संबेदनालाइ बुझ्दै उद्योग वाणिज्य संघ– चितवनले खाद्य सामाग्री वितरण गर्दै
कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले लागु गरेको लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाद्य सामाग्रीहरुको अभाव भएको पाइएकोले उनीहरुको लागि उद्योग वाणिज्य संघ–चितवनले मिति २०७६ चैत १४ गतेका दिन संघको सचिवालयबाट विहान ८ः०० बजे करिव १ हप्तालाई पुग्ने खाद्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ। खाद्य सामाग्री अभाव भएका दैनिक ज्यालादारी गर्ने मजदुर दाजुभाई तथा दिदीवहिनीहरुलाई सम्पर्क राख्न उधोग बाणिज्य संघ चितवनले आव्हान गरेको छ।राहत सामाग्री स्वरुप खाद्यवस्तुः चामल, दाल, आलु,तेल,चिउरा,चिनी, नुन, प्याज लगायत का अति आबस्यक बस्तु बितरण गर्ने जनाएको छ।मानबिय संबेदनालाइ बुझी यो कार्य गर्न लागेको मा धेरैले उधोग बाणिज्य संघ नारायणगढलाइ चौतर्फी प्रसंशा गरिएको छ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021