अन्नपूर्ण फेरो पदयात्रा र मुस्ताङ घुम्न गएका ७० जना विदेशी पर्यटकलाई अहिले उद्धार गरेर काठमाडौं पठाउन लागिएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा दुईवटा बसमा राखेर उनीहरूलाई काठमाडौं लैजान लागेको बताइएको छ।

मुक्तिनाथमा रहेका ३५ जना र जोमसोममा रहेका ३५ जना पर्यटक काठमाडौं जानका लागि हिँडेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए।
भुजेलका अनुसार काठमाडौं स्थित ब्राजिलको दूतावासले पनि आफ्ना नागरिकबारेमा चासो दिएका छन्। अहिले पोखरामा ४ जना ब्राजिलियन नागरिक भेटिएको र जसमा ३ जना यहीं बस्न खोजेका छन्। एक जना भने फर्कन चाहेकाले व्यवस्था मिलाउन लागेको भुजेलले बताए।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021