ध्रुब श्रेष्ठ
कोरोना भाईरसको त्रासले

संसार संत्रस्त छ
म पनि थोरै डराएको छु
थोरै हताशियेको छु
तर पुरै निराश भएको छैन
मानव शक्तिमा विश्वाश छ
चिकित्सा बिज्ञानमा भरोसा छ
एउटा मनले भन्छ
“ कैयौं बिसमतालाइ पार गरेको
मानव जातिले यो रोगलाई
पनि पार लाउने छ .”
मनको अर्को कुनो आशंकित् छ –
“ पार लाउन सकेन भने ?”
प्रश्न तेर्स्याइ रहन्छ ।
संसारलाई नै
सम्पूर्ण मानव जगतलाई नै
मैले मेरो हरेक बिहान बेलुकाको
प्रार्थनामा राखेको छु
तर
म केही स्वार्थी भएको छु
मैले मेरो बालबच्चा र परिवारलाई
मेरा प्रार्थनाहरुमा बेसी नै
राखेको छु
रोग शोक अनी
नकारात्मक समाचारहरुले
खबर पत्रीका र टिभी च्यानलहरु
ब्याप्त छन
सामाजिक संजालहरु ग्रस्त छन
संसार सन्त्रस्त छ
म पनि थोरै डराएको छु
थोरै हताशिएको छु
तर पुरै निराश भएको छैन
पुरै निराश भएको छैन ।
मार्च २५ २०२० एडमन्टन् ,क्यानाडा
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021