“रेस्क्यु’ उडान हुँदै

 

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा अड्कीएका पर्यटकलाई उद्धार गर्नका लागि काठमाडौंबाट जहाज तथा हेलिकप्टरले उडान अनुमति माग गरेका छन्।

लकडाउन गरेको अवस्थामा हेलिकप्टर तथा जहाजले उडान गर्नका लागि पर्यटन र गृहमन्त्रालयको अनुमतिमा नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछिमात्र उडान हुन्छ।

आज विहानै ३ ओटा हेलिकप्टर उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

हेलिकप्टरसँगै जहाजले पनि अनुमति माग गरेका छन्।

तारा एयरले लुक्लामा रहेका १४ जना पर्यटकलाई ल्याउनका लागि उडान गर्ने अनुमति माग गरेको छ। ताराले आजै उडान गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति माग गरेको मन्त्रालयका सहसचिव शुरेस आचार्यले जानकारी दिए।

मन्त्रालयले गृहमा सिफारिस पठाएपछि एयरलाइन्सले उडानका लागि नागरिक उड्डयन प्राधिकरण र विमानस्थलमा अनुमति माग्न पाउछन्। गृहको सिफारिस भएमात्र त्यस्ता एयरलाइन्सले अनुमति पाउछन्।

लकडडाउन अघि नै पदयात्रा तथा हिमालतिर गएका सयौ पर्यटक अलपत्र परेको बताइएको छ। तिनिहरुलाई काठमाडौंसम्म ल्याउन सम्बन्धित देशका राजदुतावासहरुले पनि पहल गरिरहेका छन्।

Facebook Comments