अत्याबस्यक पानी बितरण रोकिने छैन – केन्द्रीय अध्यक्ष सुभाष भण्डारी

अत्याबस्यक पानी बितरण रोकिने छैन – केन्द्रीय अध्यक्ष सुभाष भण्डारी

नेपाल बोटल वाटर उधोग संघका केन्द्रीय अध्यक्ष सुभाश भण्डारीले बाध्यात्मक रुपमा नेपाल सरकारले लगाएको लकडाउनको स्वागत गर्दै यो सन्कटको घडीमा नेपाल भरी रहेका सम्पुर्ण पानी उधोगी नेपाल सरकारको साथमा रहेको र अति आबस्यक पानीको ढुवानी नरोकी आफ्ना ग्राहक बिच लैजाने बिज्ञप्ति जारी गरेका छन।ढुवानीलाई सरलता दिनका लागि प्रसासन कार्यलय मार्फत पास आफ्नो उधोगी साथीहरुलाइ बितरण गरिएको केन्द्रीय संघका अध्यक्ष सुभाश भण्डारीले लण्डन काठमाडौलाई जानकारी दिए।नेपाल बोटल वाटर उधोग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण भाइ ज्याख्वा , महासचिब ध्रुब गौतम , कोषाध्यक्ष श्रीकुमार श्रेष्ठ आबस्यक परेको ठाउमा आफै पनि ग्राहक समक्ष पुगि पानी ढुवानी गरेको जनाएका छन।नेपाल बोटल वाटर उधोग संघका केन्द्रीय उपाध्यक्ष सोम प्रसाद काप्रीले यो कठिन घडीमा चितवन – नवलपुर पानी उधोगीहरु नेपाल सरकारको साथमा रहेको र बर्तमान जतिल स्थितिमा पानीको ढुवानी नरोकिने जनाएका छन।नेपाल बोटल वाटर उधोग संघ चितवन -नवलपुरका अध्यक्ष केशब घिमिरेले आफ्नो मातहतमा रहेका १७ वटा उधोगहरुलाइ पानी उत्पादन नरोक्न र सुरक्षित तरिकाले आफ्ना ग्राहकहरुलाइ पानी बितरण गर्न निर्देशन दिएको तथा अबलोकन पनि गरिरहेको जानकारी दिएका छन।नेपाल बोटल वाटर उधोग संघका निबर्तमान अध्यक्ष सुसन प्रधान , उपाध्यक्ष नवराज खनिया , उपाध्यक्ष ईश्वर कुमार श्रेष्ठले आफुहरु यो कठिन घडिमा नेपाल सरकारको साथ रहेको र कोबिद १९ सङ्ग लड्न आफ्नो ठाउबाट सहयोग गरिने बताएका छन।नवलपरासीको एक मात्र महिला पानी ब्यबसायी तथा चितवन नवलपुर पानी उधोग संघकि डाइरेक्टर मीना दाहालले जस्तो सुकै अबस्थामा पनि पानी बितरण नरोकिने लण्डन काठमाडौंलाई जानकारी दिइन। यसै बिच गण्डकि प्रदेश पानी उधोग संघका निबर्तमान अध्यक्ष , पोखरा कै आधुनिक प्रबिधीबाट पानी उत्पादन गर्दै आफ्ना ग्राहकहरुको सेवा गर्दै आउनु भएका शोल्टी पानीका प्रोपाइटर तथा समाजसेबी यदुनाथ अधिकारीले लण्डन काठमाडौ सग अहिले सन्सारमा देखिएको कोरना भाइरसको प्रकोप हुदा हुँदै पनि आफुहरु सुरक्षित पानी उत्पादन गर्ने र आफ्ना ग्राहकहरुलाइ सुरक्षित तरिकाबाट डेलिभरी दिने जनाउनु भएको छ।तेस्तै गण्डकि प्रदेश पानी उधोग संघका अध्यक्ष रबिन्द्र मोहन अधिकारीले हाल कोभिड १९ सङ्ग लड्ने काम पानी उधोगीको पनि भएको र यो बेलामा छुट्टै किसिमबाट जार तथा कार्टुन पानी भरी बजारिकरण गरिने जानकारी गराउनु भयो।हामी सबै पानी उधोगीले बिगतदेखी स्वस्थ पानी खुवाउदै आएको र यो जटिलतालाइ ध्यानमा दिदै अझ आ -आफ्नो उत्पादनलाइ थप संघले दिएको नियमाबली मानेर उत्पादन र बितरण गरिने जानकारी दिनुभयो।

Facebook Comments