कोरोना संक्रमितसँग सम्पर्क भएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने भन्नेबारे सरकारको नीति ढुलमुले देखिएको छ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितसँग सम्पर्क भएका सबैको ट्रेसिङ गरेको र उनीहरू कसैमा पनि कोरोनाको लक्षण नदेखिएको जानकारी दिएको छ।

‘सबैको कन्ट्याक्ट ट्रेसिङ भइसकेको छ। उहाँहरूसँग नियमित सम्पर्कमा छौं र कसैलाई पनि लक्षण देखिएको छैन,’ पत्रकार सम्मेलनमा मन्त्रालयका सल्लाहकार डा. खेमबहादुर कार्कीले भने।
उनको कुराले सम्पर्कमा आएकाहरूमा लक्षण देखिए मात्र परीक्षण गर्ने सरकारको रणनीति भएको जनाउँछ।
पहिलो संक्रमित युवतीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएको कुरासँग कार्कीको भनाई मेल खाँदैन। ढकालले सबै यात्रुको खोजी गर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने भनेका थिए।
विज्ञहरूले संक्रमितसँग सम्पर्क भएकाहरूमा कोरोना सर्न सक्ने उच्च जोखिम हुने बताउँदै आएका छन्। चीन, अमेरिका लगायतका मुलुकमा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने मात्र होइन परीक्षण पनि गरिन्छ।
संक्रमितसँग हिमचिम भएका व्यक्तिमा लक्षण नदेखिए पनि कोरोना भाइरस सरेको हुन सक्ने प्रवल संभावना हुन्छ भनेरै त्यसो गरिएको हो। उनीहरूलाई लक्षण देखिनु अगावै अरूलाई सर्न सक्ने सम्भावना झन् बढी हुन्छ। त्यसैले पनि विज्ञहरूले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राख्न र परीक्षण गर्न आवश्यक रहेको बताएका हुन्।
यस्तो जोखिममा संक्रमितका परिवार बढी हुन्छन्। हामीकहाँ भने फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना भेटिएपछि आइसोलेसनमा राखेको सरकारले उनको परिवारलाई क्वारेन्टाइन बस्नु भन्ने सुझाव दिएर घर पठाइदियो। युएईबाट आएका अर्का संक्रमितसँगै जहाजमा रहेका यात्रुले ‘मलाई कोरोनाको परीक्षण गरिदेउ’ भन्दा समेत गरिएन।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021