हिजो सहज अबस्थामा देस रहेको बेला निजि अस्पतालहरु एम्बुलेन्सका चालकहरुलाइ कमिसन दिएर बिरामीहरुलाइ आफ्नो अस्पतालमा भर्ना गरिएको देखिन्थ्यो र त्यो मात्र होइन आ आफ्नो अस्पतालको प्रचारको लागि विभिन्न ठाउमा होर्डिङ बोर्ड पनि राख्ने गरिन्थ्यो।सहज अबस्थामा गरिब नेपालिहरुलाइ शोषण गरिरहेका यस्ता निजि अस्पतालहरु आज सन्सार नै बिपतमा परेका बेलामा सरकारलाइ तथा बिरामीहरुलाइ असहयोग गरेका छन।सामान्य हात खुट्टा भाचिएका तथा अन्य रोग लागेका बिरामीलाई अस्पतालमा उपचार त के गेटबाट पस्न नै नदिइ फर्काइएको छ।
अहिले अधिकान्स निजि अस्पतालहरु राजनीति छत्रछायामा रहेका ब्यक्तिहरुको लगानी भएको देखिन्छ या राज्य संचालन गरिरहेका आफन्त तथा नजिकका मान्छेहरुले।अहिले राज्य तथा सर्बसाधरण ब्यक्तिहरुलाइ असहयोग गरि आएको यस्ता अस्पतालहरुलाइ के कारबाही गर्ला र हामी बुझ्न सकिहाल्छौ तर राज्यलाइ बिपत परेको बेलामा असहयोग गर्ने यस्ता अस्पतालका लाइसेन्स खारेज गरि कारबाही गर्नु पर्छ भन्ने आम नागरिकको भनाइ छ।
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021