- 7Shares
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।
उनी दुबईबाट आएका प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जनामा कोभिड- १९ रोग पोजेटिभ रिपोर्ट आएको छ,’उनले भने।
‘हामीले उहाँको विस्तृत विवरण संकलन गर्दैछौं। उहाँ उपचारको लागि २४ मार्चमा (गत चैत ११ गते) भर्ना हुनुभएको थियो’,उनले भने,‘आज रिपोर्ट आएको हो।
यो उपत्यका बाहिर देखिएको पहिलो केस हो।
यसअघि तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021