- 21Shares
सरकारले जारी गरेको ‘लक डाउन’ व्यवहारिक रुपमा कार्यान्वयन गराउन प्रहरी नै फ्रन्ट लाइनमा खटिँदै आएको छ।
लक डाउनको चौथो दिन दाङमा प्रहरीको भूमिका र सक्रियता अझ बढेको छ। प्रहरी सहर बजारमा मात्रै केन्द्रित नभएर गाउँबस्तीमा समेत पुगेर सर्वसाधारणलाई सम्झाई बुझाई गर्दै आएको छ।
फ्रन्ट लाइनमा खटिने हुँदा प्रहरीले नै सबैभन्दा पहिले संक्रमितको ‘फेस’ गर्नु पर्छ। त्यसैले कोरोना भाइरस संक्रमणको पहिलो जोखिम प्रहरीमा छ।
तर त्यसरी खटिने प्रहरीसँग भरपर्दो सामग्री छैन। ‘पिपिईको त कुरै छोडौं, सबै प्रहरीसँग मास्क पनि छैन, किन्न पनि पाइँदैन,’ दाङका प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले भने ‘हामीलाई स्यानिटाइजर, पञ्जा र मास्क मात्रै दिएपनि धेरै सजिलो हुने थियो।’
उनले त्यो क्रम नरोकिए शनिवारदेखि पक्राउ गरेर मुद्दा चलाउने तयारी प्रहरीले गरेको जानकारी दिए । सरुवा रोग सार्ने कसुर सम्वन्धि मुद्दा चलाउने अवस्था आए त्यस्ता अटेर गर्ने व्यक्तिलाई ६ महिनादेखि बर्षदिन सम्म जेल सजाए समेत हुन सक्ने डिएसपी खड्काले लन्डन काठमाडौंलाई जानकारी दिए।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021