एजेन्सी । रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो ।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द गर्ने घोषणा गरेका थिए । उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन् ।
सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ ।
रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ । शुक्रबार सम्मको विवरणअनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा २ जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन् ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021