सारा संसार बिजित म, एक जिवाणुसंग लड्दै छ – राजेन्द्र ओली

 

 


– राजेन्द्र ओली
म मनुवा हुं जगतकै सर्ब-श्रेष्ठ रचना र प्राणी
मै हुं अब्बल बिद्वान बिदुषि, मेरै मधुर वाणी
म बाहेक सब गौण कोहि, छैन सकल यहां
सृष्टीको अनमोल दिप म, अरू जिव कहां?

मैले नै बनाए बिज्ञान, सारा रचना यहिं नै गरें
भूतलको चमत्कार सारा, चांद तारा पनि गनें
जे चाहें त्यो गरें बिश्वमा, कसले सक्दछ यस्तो
म नै रहेछु सबको मालिक, राजा बादशाह जस्तो

प्रकृतीलाई नै उल्टाइदिई, ब्रम्हाण्ड मुठ्ठीमा पारें
सक्दैन मकन हराउन कोहि, बिपत्ती कैयन् टारें
म मेरै लागि लडें रणमा, भाइ बन्धु मै रक्त संग्राम
लडें जात धर्मको लागि, कहिले सिमाना र नाम

आज के भयो हरे यो, मेरो अहंकार भत्कंदै छ
सारा संसार बिजित म, एक जिवाणुसंग लड्दै छ
सारा मिथ्या रहेछ रिसराग, घमण्ड बैरभावको धुंवा
मृत्युको भयले भागिकन, बन्दी बनेको छु एक मनुवा ।

Facebook Comments