कहालीलाग्दो युद्धमैदानमा, स्वास्थ्यकर्मीहरु अग्रिम पङ्क्तिमा।।।”पार्बती शाह”

 

 

कहालीलाग्दो युद्धमैदानमा,
स्वास्थ्यकर्मीहरु अग्रिम पङ्क्तिमा।।।

पार्बती शाह
अध्यक्ष
नेपाल महिला संघ चितवन

कोरोना भाइरसलाई मानवजाती सामू पैदा भएको सबैभन्दा ठूलो खतरा मानिएको छ ।संसारभरी अहिलेसम्म यो भाइरसले २५ हजार बढीको ज्यान लिइसकेको छ ।नेपालमा पनि अहिले सम्म ४ जना संक्रमित देखिएको छ । यो महामारी फैलनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसको औषधी विकसित गर्न सकिएको छैन ।बिशेष गरेर यो रोग फैलिने आधार भनेको सास प्रस्वास तथा हातमा टासिएका कोरोनाका जिबाणुबाट नै हो।यो रोगको औषधि नै नभएकोले फैलिन नदिने बिकल्प भनेको हात राम्रो सङ्ग साबुन पानीले धुनु र सकेसम्म घरबाट बाहिर ननिस्कनु नै हो।अहिले यो घडीमा बिश्वका सबैजना त्रसित बनेका छन । यो भाइरसले इटालीको जनजिबन तहस नहस बनाएको छ र अहिले आफ्नै मान्छेहरु मर्दा पनि लास अगाडि बसेर आँसु झार्न नपाएको अबस्था छ।जुन अबस्था इटलीमा भएको छ यदि राज्य सम्यन्त्र चनाखो नहुने हो भने नेपालमा त्यो अबस्था नआउला भन्न सकिदैन । राज्यले टेलिभिजन र पत्रपत्रिकामा जति सुकै भाषण दिएपनी यो रोग संग लड्न प्रयाप्त तयारी भएको जस्तो कतैबाट पनि देखिदैन।

हामीले जतिसुकै ठूला कुरा गरे पनि प्रत्यक्ष बिरामीसँग सम्पर्कमा रहने भनेको डाक्टर , नर्स र स्वास्थ्य कर्मीहरु नै हुन तर दुःखको कुरा, सरकारको तर्फबाट एउटा माक्ससम्म उपलब्ध गराउन नसकेको तथा तीनदिनदेखि एउटै माक्स लगाउनुपरेको थियो र त्यही मास्क पनि आफैले किन्न परेको कति दर्दनाक पीडा डाक्टरहरूको छ जसले यो महामारी संग हामिलाइ बचाउन मैदानमा उत्रीरहेका छन। हामीले चिकित्सक, नर्स , स्वास्थ्यकर्मी अनि सुरक्षाकर्मीहरु लाई अहोरात्र खटि रहनको लागि अनुरोध गरेका छौ र जनता सबैलाइ अति आवश्यक काम बाहेक बाहिर ननिस्कन भनेका पनि छौ।
अब भन्नुस् बिना हात- हतियार युद्धमैदानमा कसरी विजय हासिल गर्न सकिन्छ ?

तसर्थ अहिले
१, यो महामारी कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स , स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन जरुरी छ।

२,आएको सहयोगहरु समयमै सम्बन्धित ठाउँमा पुग्नु जरुरी छ।

३,दैनिकि ज्यालादारी गरि बिहान बेलुका छाक टार्ने गरिब नेपालिहरुको समस्यालाइ बुझी उनिहरुको समस्यालाइ सम्बोधन गर्न जरुरी छ।

४,आम नागरिकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सजकता , धैर्यता अपनाउनु जरुरी छ। यो हाम्रो दायित्व हो ।

हाम्रो सानो गल्तिले हाम्रो परिवार र पुरै समाज नै तहस नहस हुन्छ भन्ने बुझ्दा बुझ्दै पनि बहादुरीका साथ बाहिर निस्किनु पनि भएको छ, यो अत्यन्तै मुर्खता हो।
यो समय बहादुरी होइन सावधानी देखाउने समय हो।

अन्तमा,कठिन घडीमा अहोरात्र खटिनु भएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अनि सुरक्षाकर्मी र प्रशासन सबैको मनोबल बढाउनु हाम्रो कर्तव्य हो र हामीहरु हजुरको साथमा छौ।

यहाँहरुलाई नमन गर्दछु। जय नेपाल।।।

Facebook Comments