कोरोना भाइरस विरुद्धको लडाईमा हाम्रो दायित्व

धर्मराज सापकोटा

 

अहिलेको स्थिति कोरोना भाइरस (कोभिड 19)बिरुद्द आफू आफै सुरक्षित रहने एउटा अभियान हो । कोरोना भाइरसले विश्वव्यापिरुपमा जुन विनाशको विगुल फुकेको छ यसले विश्वका शक्तिशाली मुलुकहरुलाई एकपटक फेरि जरैबाट हल्लाइदिएको छ । विपतको यो क्षणबाट उम्किन हम्मे हम्मे परेको अवस्था छ भने यसले उब्जाएका अनेकौ समस्याहरुले पछिल्ला दिनहरुमा अझै भयावह स्थितिको रुप लिनेछ । सूक्ष्म रुपमा अवलोकन गर्ने हो भने अहिलेको स्थितिमा मानसिक रोगले फैलाउने वितृष्णा एकातिर छ भने दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवन धान्ने वर्गको चिन्ता अर्कोतिर छ । यसले मानसिक विकृति स्वत: बढ्ने देखिन्छ । जतासुकै लक डाउनले पारेको सकरात्मक प्रभाव संगै नकारात्मक प्रभावले मानिसहरु अन्यौलमा छन् ।यस पछीको स्थिति झन भयावह र डामाडोल हुनेछ । पुरै विश्व अर्थतन्त्रमा संकटको स्थिति देखा परिसकेको अवस्था छ । हाम्रो जस्तो विकासशिल देश यसको चपेटामा नराम्रोसंग फस्ने निश्चित प्रायः छ ।कैयौ शक्तिशाली राष्ट्रहरुलाई यसबाट उम्कन धेरै समय र सामर्थ्य खर्च गर्नुपर्नेछ भने हाम्रो अर्थतन्त्र पुरै धरायसी भएर जानेछ ।अहिलेको स्थिति भनेको सबै मिलेर कोरोना भाइरस बिरुद्द लडेर आफूलाई जोगाउनु हो ।आफू जोगिनु भनेकै अरुलाई जोगाउनु हो तर सरकारको अस्पष्ट व्यवहार र निति अनि जनताप्रतिको दायित्वलाई निभाउन नसक्नु हाम्रो लागि एकदम दुर्भाग्यपुर्ण हो ।सरकारको हेलचेक्र्याइपुर्ण व्यवहारले देश र जनता कोरोना भाइरसको मात्र नभएर अनेकौ समस्याको चपेटामा एकैसाथ परेका छन् । यस्तो आपतकालिन स्थितिमा सरकारले स्पष्ट नीति तथा कार्यक्रम केही ल्याउन सकेको छैन ।अाज हामी कोरोना भाइरसको संक्रमणको चपेटामा छौ तर बेलैमा सरकारले अहिलेको स्थितको मारमा परेकाहरुलाई केही सहयोग गर्न सकेन भने भोलि हामी जनताले अत्यन्तै दुर्भाग्यको स्थितिको सामना गर्नुपर्नेछ । तसर्थ आउनसक्ने भयावह स्थितिलाइ केही हदसम्म भएपनि कम गर्नको लागि निम्न कुराहरूमा सरकारले अविलम्व ध्यान दिन जरुरी छ।

आहिले बिचौलियाहरु सल्बलाइ रहेकाे अवस्थालाई मध्यनजर गर्दै नुन, तेल, ग्यास लगायतका अत्यावश्यक सामग्रीको सहज आपूर्तिको लागि ठोस कदम चाल्नुपर्ने देखिन्छ। त्यसको लागि स्थानीय सरकार र जनप्रतिनिधिहरु प्रचारमुखी काम भन्दा जनताको सुविधाको लागि अहोरात्र खट्नुपर्ने देखिन्छ । कोराना भाइरसका संकास्पद बिरामीहरुको लागि सम्भव भएसम्म प्रत्येक वडामा चौवसै घण्टा संचालन हुनेगरी हटलाइनकाे व्यवस्थाको साथै नि:शुल्क एम्बुलेन्सको सेवामार्फत छिटो भन्दा छिटो कोरोना अस्पतालमा पुर्याउने व्यवस्था मिलाउनु पर्ने हुन्छ। यस्तो विषम परिस्थितिमा म र मेरो लागि भन्दा माथि उठी राष्ट्र र जनताको हितमा काम गर्न सम्पुर्ण राजनीतिज्ञ , डाक्टर, नर्स लगायत स्वास्थ्य क्षेत्रसंग सम्बन्धित सम्पुर्ण जनशक्ति,राष्ट्र सेवक कर्मचारीका साथै सवै तह र तप्काबाट यथासम्भव सहयोग गर्न राज्यको तर्फबाट आव्हान गर्नुका साथै स्वास्थ्य क्षेत्रसंग सम्बन्धित जनशक्तिहरुको सुरक्षाको पुर्ण ग्यारेन्टी सहित विमा र थप अतिरिक्त पारिश्रमिकको व्यवस्था गरिनु पर्दछ। अवसरवादी, पदलोलुप, असक्षम र व्यक्तिवादी प्रवृत्ति भएका हरुलाई हटाई आग्रह- पुर्वाग्रह विना योग्यता र क्षमताका आधारमा अवसर दिइनु पर्दछ। र यो मान्यता स्थापित गर्ने सुवर्ण अवसर पनि हो। विषम परिस्थितिको अनुचित फाइदा लिन खोज्ने बिचौलिया लगायत जो कोहीलाई पनि कानुनको दायरामा ल्याउन प्रभावकारी अनुगमन प्रणाली अविलम्ब लागु गरिनु पर्दछ। एउटै टोल र बजारमा पनि पसलै पिच्छे एउटै वस्तुको मूल्य फरक फरक पाइएमा बढी मुल्य लिने पसल व्यापारी लाइ कारवाही गर्ने व्यबस्था गरिनु पर्दछ। मेरो, हाम्रो , आफ्नो अथाव पार्टीगत रुपमा कदापि छुट दिइनु हुँदैन। विशेष परिस्थितिमा बजारमा माग र आपूर्तिमा आउन सक्ने यस्ता असन्तुलनलाइ सादाका लागि निर्मुलगर्ने अवसरको रुपमा लिइ कडाइका साथ कार्यान्वयन गरिनु पर्दछ।

अहिलेको विषम परिस्थितिमा निम्न वर्गीय किसान, दैनिक ज्यालामा काम गर्ने मजदुर, श्रमिक पहिचान गरि राहत प्याकेज उपलब्ध गराउनुकाे विकल्प छैन । उनीहरूको जीवि कोपार्जनकाे व्यवस्था मिलाउनु राज्यको दायितव हो। यसैगरी कोरोना भाइरस को कारणबाट उधोग व्यवसायमा परेको आपुरणिय क्षति कम गर्नकोलागि पीडित उद्योगी व्यवसायी पहिचान गरि बैंक व्याज छुट लगायत अति संवेदनशील क्षेत्रलाई तत्काल अनुदान प्याकेज उपलब्ध गराइ धरासायी हुनबाट बचाउन सकिन्छ । र, अन्त्यमा कोरोना भाइरस(कोभिड 19) विरुद्धको लडाईमा लक डाउनको पालना गरि आफु आफै सुरक्षित रही परिवार,समाज, राष्ट्र र सिङ्गो मानव जीवनलाई सुरक्षित राख्ने महान अभियानमा साथ र सहयोग गरि आफ्नो दायित्व निभाउनुहुन अनुरोध गर्दछु।

Facebook Comments