- 11Shares
बाँकेको नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ ।
उक्त विमानमा सामान्य क्षति पुगेको र प्राविधिक टोलीले मर्मत गरेपछि उडान भर्न सकिने बताइएको छ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021