नेपाल एयरलाइन्सले लुक्लामा रहेका विदेशीलाई उद्धार गर्नका लागि आज पाँच उडान गर्ने भएको छ।
सयौं विदेशी पर्यटक अलपत्र परेको भन्दै नेपाल पर्यटन बोर्डको आग्रहमा नेपाल एयरलाइन्सले लुक्ला उडान गरिरहेको छ।
नेपाल एयरलाइन्सका सञ्चालन निर्देशक दिपु जुहार्चनले लुक्ला उडान भइरहेको जानकारी दिए।
हाम्रो तालिकामा आज काठमाडौंबाट लुक्ला पाँच उडान गर्ने छ। अहिलेसम्म ३ उडान भइसके। मौसमले साथ दिएमा पाँचै उडान हुन्छन्’ जुहार्चनले भने।
त्यस्तै नेपाल एयरलाइन्सले नै आज कोरोना भाइरसको नमुना संकलनका लागि नेपालगञ्ज जहाज पठाउँदै छ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021