सिड्नी — कोभिड–१९ संक्रमण रोक्ने उद्देश्यले अस्ट्रेलिया सरकारले आफ्नो परिवार बाहेक सार्वजनिकस्थलमा २ जना बढी भेला हुन नपाउने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त कुरा बताएका हुन् ।
संक्रमण रोक्न हरेक दिन कडा कदम चाल्दै आएको सरकारले आफ्नो परिवार बाहेक अधिकतम २जना मात्र भेला हुनसक्ने बताएकाे छ। यसभन्दा पहिले सार्वजनिकस्थलमा १० जनाभन्दा बढी भेला हुन नपाइने नियम लगाइएको थियो। यो नियम रोजगार तथा शैक्षिक संस्थामा भने लागू नहुने बताइएको छ। सरकारले याे भन्दा पहिलेकाजकिरियामा अधिकतम १० जना र विवाहमा ५ जनामात्र भेला हुन पाउने नियम लगाइसकेको छ।
यसैगरी सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धलाई घरबाट बाहिर ननिस्कन समेत सुझाव दिइएको छ। ‘यो अनिवार्य हैन तर आफ्नै सुरक्षाको लागि उनीहरुले आफूलाई सेल्फ आइसोलेसन गर्नु राम्रो हुनेछ।’प्रधानमन्त्री मरिसनले भनेका छन्। उनले अत्यन्तै जरुरी कामका लागि बाहिर निस्कन भएपनि आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा मुख्य स्वास्थ्य अधिकारी डा ब्रान्डन मर्फिले सरकारले लगाएको सामाजिक दूरीको नियम प्रभावकारी देखिएको बताउँदै सरकारको सुझावलाई पालना गर्न आग्रह गरेका छन्।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021