गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वंमविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो।
भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए।
‘झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘यसबाट अन्य तथ्याङ्क संकलनमा पनि सहज हुनेछ।’
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021