लण्डन। घरमै आइसोलसनमा बसेर काम गर्दै आएका एक नेपालीको बेलायतको लण्डनमा मृत्यु भएको छ। लामो समयदेखि लण्डनमा बस्दै आएका इन्जिनियर केदार पन्तको शनिवार निधन भएको हो।
ग्रीनफोर्ड लण्डनस्थित निवासमै शनिबार अस्वस्थ महसुस गरेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। कोरोनाको आशंकामा पन्त विगत १० दिनदेखि घरमै आइसोलेसनमा बसेर काम गर्दै आएका थिए।

नेपालको लम्जुङ्ग घर भएका पन्त गैरआवासीय नेपाली संघ (एनआरएएनए) युकेको सल्लाहकार थिए। लण्डनबाट सञ्चालित अनलाइन लण्डन काठमाडौका अनुसार ५९ वर्षीय पन्तलाई र्मिगौलासम्बन्धी समस्या रहेको थियो। हृदयघातका कारण निधन भयो या कोरोनाबाट भन्ने कुराको रिपोर्ट आउँन बाँकी छ। पन्तका श्रीमती र एक छोरा छन्। पन्तको निधनप्रति आफन्तहरुले गहिरो शोक व्यक्त गरेका छन।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021