https://youtu.be/xJLn0qs8-L0
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप एक साता ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ।
जारी लकडाउनको समय सकिनै लाग्दा भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि समितिको आज बसेको बैठकले थप ७ दिन लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो। आजै बस्ने मन्त्री परिषदको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरेमा लकडाउन चैत २५ गतेसम्म लम्बिनेछ।
सरकारले नेपालमा कोरोना भाइरसको प्रकोप रोक्न भन्दै चैत १० गते सोमबार साँझ बैठक बसेर चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरी देशभर लकडाउन गरेको थियो।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021