कोरोना संक्रमण भए/नभएको पुष्टि हुन बाँकी
बुटवल — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा उनको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत ३४ वर्षीय वर्षीय मृत्यु भएको हो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना अस्थायी अस्पतालमा एक जनाको मृत्यु भएको तर कोरोना वा अन्य कारणले भन्ने पुष्टि नभएको लण्डन काठमाडौंलाई जानकारी दिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती व्यक्ति दुबईबाट चैत १० गते नेपाल आएका थिए। उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो। उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ। डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरेपनि सुरक्षा अभावमा लैजान सकेको थिएन
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021