भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग

चितवन,चैत १६-

भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट ट्याबलेट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो ।

रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशव प्रसाद लामिछानेले सो औषधि अस्पताललाई हस्तान्तरण गर्नुभयो । प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना अस्पताललाई सहयोग गरेको बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिएका अवस्थामा कम्पनीले सामाजिक दायित्व अन्तर्गत सहयोग गरेको जानकारी दिनुभयो ।

Facebook Comments