रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिई सामग्री हस्तान्तरण

 

भरतपुर । रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिई सामग्री हस्तान्तरण गरेको छ । क्लबले ५० थान पिपिई र १५० थान ग्लोब्स हस्तान्तरण गरेको हो ।

 


क्लबका अध्यक्ष बिपीन पोख्रेलले भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीलाई सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष पोख्रेलले बिरामीको उपचारमा खटिँदा चिकित्सकहरु जोखिममा पर्न सक्ने भन्दै सामग्री हस्तान्तरण गरेको बताए ।

Facebook Comments