- 107Shares
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भारत सरकारले २१ दिन लामो लक डाउन घोषणा गरेको छ। लक डाउनको सबैभन्दा ठूलो मार भारतका एक राज्यबाट अर्को राज्यमा काम गर्न गएका मजदुरहरूलाई परिरहेको छ।
लक डाउनले दैनिक ज्यालादारी काम बन्द भएपछि उनीहरू बेखर्ची भएका छन्। जहाँ बसेको हो त्यहीँ बसौं भने खाना नपाइने डर घर फर्किउँ भने बस, रेल सबै बन्द। कतिपय मजदुर त सयौं किलोमिटर हिँडेर पुग्ने सोचमा पैदल बाटो नापिरहेका छन्। यसरी हिँड्नेहरूमा परिवार र बालबच्चा पनि छन्।
समस्या विकराल बन्दै गएपछि विभिन्न राज्यहरूले ती नागरिकलाई घरसम्म पुर्याउन बस सेवा सुरू गरेका छन्।
बालबच्चालाई काँधमा बोकेर घर फर्किदै गरेका समाचार बाहिरिएपछि उत्तरप्रदेश र दिल्ली सरकारले उनीहरूलाई घर फर्किन बस पठाउने निर्णय गरेका छन्।
उत्तर प्रदेश सरकारले आफ्ना राज्यका वासिन्दा ल्याउन एक हजार बस दिल्ली पठाएको छ भने दिल्लीले २ सय बसमार्फत उनीहरूलाई गन्तव्यमा पुर्याउने भनेको छ।
सरकारले बस चलाउने भनेपछि शनिबार साँझ नयाँदिल्लीको आनन्द विहार बस स्टेशनमा हजारौं मानिसहरू घर जान पाइने आशामा भेला भएको एनडिटिभीले जनाएको छ।
उनीहरूलाई बसमा राखेर अहिले गाउँगाउँमा पुर्याउने काम भइरहेको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021