कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या सोमबार सात लाख नाघेको छ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार मानिस संक्रमित भएका छन् भने दोस्रो बढी संक्रमित भेटिएको मुलुक इटाली बनेको छ। इटालीमा अहिलेसम्म ९७ हजार ६ सय ८९ जनामा संक्रमण देखिएको छ।

कोरोनाको संक्रमण आजदेखि चीनभन्दा स्पेनमा बढी भएको छ। स्पेनमा ८५ हजार मानिसमा कोरोना देखिएको छ।
कोरोनाको उदगम थलो चीनमा भने पछिल्लो समय कोरोना संक्रमण दर नियन्त्रणमा आएको छ। कोरोनामा सोमबारसम्म चीनमा ८१ हजार ४ सय ७० जना संक्रमित भएका छन्।
जर्मनीमा ६२ हजार मानिस संक्रमित भएका छन् भने इरानमा ४१ हजार मानिसमा कोरोना देखिएको छ।
छिमेकी भारतमा पनि संक्रमितको संख्या १ हजार नाघेको छ। सोमबारसम्म त्यहाँ १०७१ जनामा कोरोना भाइरस देखिएको छ भने २९ जनाको मृत्यु भएको छ।
संसारभरि सोमबारसम्म ३४ हजार ७ सय ८१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५५ हजार ९ सय ५० जना मानिस निको भएका छन्।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021