धनगढीका लागि उडेको नेपाली सेनाको स्काई ट्रक फिर्ता हुनुको प्रमुख कारण क्लोरिन भएको पुष्टि भएको छ।
कोरोनाको उपचारको लागि चाहिने स्वास्थ्य सामग्री बोकेर धनगढीका लागि बिहान साढे ७ बजे उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि ७:४५ मा फिर्ता भएको थियो।
‘क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको छ,’सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’क्लोरिनकै कारण बिहान स्काई ट्रक फर्किनु परेको अनुसन्धानले देखाएको छ।’
प्रवक्ता पाण्डेका अनुसार धनगढी उडेको स्काई ट्रक फर्किनु परे पनि विराटनगरका लागि जान लागेको स्काई ट्रक ग्राउण्डमै रोकिएको थियो।
सुर्खेत गएको स्काई ट्रकले भने क्लोरिन लगेको थिएन।
सरकारले बागमती प्रदेशको राजधानी हेटौंडा, प्रदेश २ को राजधानी जनकपुर र गण्डकी प्रदेश राजधानी पोखराका लागि गाडीबाटै औषधि पठाएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021