देबकी थापा
( हाल अमेरिका )
कोरोना :
खानपान, सफासुग्घर पाठ सिकाइस् सबै ,
धनी-गरीब , जात, धर्म नभनेर कतै !
एउटै घरका परिवारलाई टाढा -टाढा पार्छन् ,
आफू चाहिँ संसार हाँकी राज गरी बस्छन् !
न त यस्लाई राहदानी न त भिसा चाइने ,
जता भन्यो उतैतिर हिंड्डुल गर्न पाइने !
मुखमा नि पट्टी लगाइस्, हात पनि बाँधिस्,
सपाङ्गलाई पनि तैंले अपांग झैँ पारिस् !
सि.एन.एन. र निउजले आँखा टट्टाइसके,
मै हुँ भन्ने ठूलाले नि हार मानी सके !
आफू भने चारैतिर रमाउँदै हिंड्छस् !
संसारलाई रुवाएर तैँले के पाउँछन् ?
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021