भरतपुर र नवलपुरका रक्तदाताहरुलाई निशुल्क यातायातको व्यवस्था ।

भरतपुर, १७ चैत
बिरामीहरुलाई रगतको अभाव नहोस् भनी रक्तदाताहरुलाई उनीहरुको घरमै पुगेर ब्लड बैंकसम्म लिएर आउने र घरमै पुर्याउने व्यवस्था गरीएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र , नेपाल रेडक्रस सोसाइटी भरतपुर र एम डब्लु आर आर लगाएतको पहलमा उक्त कार्यको शुरुवात गरीएको हो ।

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न नेपाल सरकारले लक डाउन ( हिंड्न्, डुल्न बन्देज लगायको) गरेको हुँदा उपचारमा अत्यावश्यक रगतको कमी नहोस भन्दै उपचाररत बिरामीकोलागी रगत उपलब्ध गराउन चितवन र नवलपरासीका रक्तदाताहरुको लागी सवारी साधनको व्यवस्था गरीएको हो । एमडब्लुआरआर का सस्थापक कृष्ण शर्माका अनुसार रक्त संकलन केन्द्र भरतपुरले रक्तदाताहरु जुटाउन एमडब्लुआरआरलाई अनुरोध गरेको छ भने रक्तदाताहरुलाई रक्तदान गरी मानवीय कार्यमा सरीक हुन अनुरोध गरेको छ ।

ईच्छुक रक्तदाताहरुलाई सजिलोकोलागी
9845711794 , 056-5520880
चालकको नं 9855026045 नम्बरहरुमा सम्पर्क गर्न सकिने छ भने केही समस्या गुनासोको लागी रक्त संकलन केन्द्र भरतपुरका कार्यालय प्रमुखको नं. 9855081088 मा सम्पर्क गर्नहुन अनुरोध गरीएको छ ।

Facebook Comments