कहालीलाग्दो युद्धमैदानमा, भरतपुर महानगरपालिकाका प्रबक्ता एबम वडा न १० का वडाध्यक्ष अरुण पिडित भण्डारी बिपन्न बर्गका जनतासंग।

 

सारा संसार कोरोना भाइरसको कारण लकडाउन भएको अबस्था तथा कोरोना भाइरसले हजारौ मानिसको मृत्यु भैसकेको अबस्थामा पनि भरतपुर महानगरपालिकाका प्रबक्ता तथा वडा न १० का वडाध्यक्ष अरुण पिडिन भण्डारी भने आफ्नो स्वास्थ्यको खासै प्रवाह नगरी जनताको सेवामा होमिएका छन।केही समय अगाडि स्थापना भएको अस्थायी क्वारेन्टाइन अस्पताल तथा जनसम्पर्क कार्यालयको सम्योजक भइ आफ्नो वडा तथा अन्य वडाका संकास्पद बिरामीलाई ल्याउन एम्बुलेन्स पठाउने र बिरामीलाई उपाचारका लागि अस्पताल ल्याउने भुमिका निर्बाह गरिरहनु भएको थियो।

यो भाइरस सरुवा भएकोले धेरै भिडभाड हुन नदिन आफै पनि निरीक्षण गर्दै हिड्ने र आबस्यक परेमा सुरक्षाकर्मी बोलाइ सो भिडलाइ पन्छाउने , भारत तथा बिदेशबाट आएका मानिसहरुको लगत राखी तेस्ता ब्यक्तिहरुको ब्यबस्थापन गर्ने काम पनि गरेका छन।आफ्नो वडा मात्र नभइ अन्य वडामा कसैले कालो बजारी गरेको नजिकबाट नियाल्दै तुरुन्त सुरक्षाकर्मी पठाइ तेस्ता काम गर्ने ब्यक्तिहरुलाइ दुरुसाही गरेका छन। अहिलेको संकटको घडीमा कसैले कालो बजारी गर्ने तथा धमिलो पानीमा माछा मार्ने काम गरिए कुनै पनि हालतमा नछोडिने बताएका छन।

नेपालमा बाध्यात्मक रुपमा जनताको जिबनको सुरक्षा गर्नको लागि गरिएको लकडाउनले दैनिक रोजगारी गरि पेट पाल्ने समुदाय प्रभाबित भएका र तेस्ता परिबारको लगत लिनेकाम सुरु भैसकेको र टोल सुधार सस्थाको सहकार्यमा तुरुन्त राहत बाड्न पनि तयार भइरहेको बताएका छन र राहात एक द्वार प्रणालीबाट बाडिने र राहत दिनका लागि पनि सम्पुर्ण वडाबासीहरुलाइ अनुरोध गरेका छन।अहिले संकटको अबस्थामा आफू जनताको प्रतिनिधि भएकोले आफ्नो स्वास्थ्य भन्दा वडा बाशीको स्वास्थ्यलाइ महत्व दिएका बताएका छन।

Facebook Comments