- 136Shares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकहरूलाई कठिन दुई साताका लागि तयार रहन भनेका छन्।
मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकामा दुई सातामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्याले उच्च बिन्दु छुने जानकारी दिदैं ट्रम्पले आफ्ना नागरिकहरूलाई कठिन अवस्थाका लागि तयार रहन भनेका हुन्।
त्यसैगरी राष्ट्रपति ट्रम्प र उनका उच्च तहका स्वास्थ्य सल्लाहकारहरूले कोरोना भाइरसविरुद्धको लडाईंमा अमेरिकी नागरिकहरू सामाजिक दुरीलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्।
‘आगामी ३० दिनसम्म अमेरिकी मानिसहरूले मार्गदर्शनलाई गम्भिरताका साथ पालना गर्नुपर्नेछ। यो जीवन र मरणको सवाल हो’, ट्रम्पले भने।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021