असल मान्छे चिन्न सहजता भन्दा असहजतामा सजिलो।

 

 

असल मान्छे चिन्न सहजता भन्दा असहजतामा सजिलो।

राजु श्रेष्ठ भन्ने बित्तिक्कै चितवनको लागि एक परिचित नाम हो र वहालाइ नचिन्ने ब्यक्ती सायद चितवनमा नहोलान। राजु श्रेष्ठ उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष हुन र उनले उधोग बाणिज्य संघको चुनाबमा आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतको फरक पारी जितेका थिए।राजु श्रेष्ठ पदमा भए पनि नभएपनी सधै चितवनका ब्यबसायीलाई रात दिन नभनी असहज परिस्थितिमा सहयोग गर्दै आइरहेका छन।राजु श्रेष्ठ ब्यबसायीहरुको मात्र प्यारो मान्छे नभइ सबै चितवनबाशीको प्यारो छन।सहज परिस्थितिमा साना साना बालक देखि उधोग ब्यबसायीहरुलाइ सहयोग गर्दै आइरहेका राजु श्रेष्ठ अहिले कोरोना प्रकोप र देश लकडाउन रहेको बेला पनि चितवनबाशीको घाउमा मलमपट्टि लगाउन दिनरात दौडिरहेका छन।आफ्नो स्वास्थ्यको खासै प्रवाह नगरी चितवनमा अबस्थित निमुखा गरिबका छाप्रामा आगो बलेको छ कि छैन भनी नियाली रहेका छन।

अहिले चिनको हुवानबाट सुरु भएको कोविड – १९ , भाइरसले सन्सारभर हजारौ मानिसहरुले ज्यान गुमाइसकेका छन र गुमाउने क्रम दैनिक बढ्दो क्रममा छ।
आफ्नो जनताको जिउको सुरक्षार्थ नेपाल सरकारले पुरै देस लक डाउन गरेको छ तर राजु श्रेष्ठ लकडाउनको बाबजुद पनि घरमा नबसी कहिले विशेष कोरना अस्पताल पुगेका छन कहिले आफ्ना चितवनबासीका लागि कसरी सहयोग हुन्छ भनी प्रसासन त कहिले महानगरपालिका पुगेका छन।आफू हिड्ने क्रममा जहाँ असहाय देख्छन तेहा उनले सहयोग गरेका छन।

मानिसले काम गर्छन केही स्वार्थका लागि भन्ने सुनिन्छ तर यिनी निस्वार्थ आफ्नो जिउको कुनै प्रवाह नगरी एउटा साधारण मास्कको सहाराले यता उता दौडिरहेका छन र चितवनबासीका अभिबाबक बन्न सफल भएका छन।

कोरना अस्पताल बनाउने क्रममा पनि विशेष भुमिका खेलेका श्रेष्ठ अहिले चितवनमा को बिरामी छन कसलाइ अस्पताल लाने , कसलाइ एम्बुलेन्स चाहिएको छ सबै ख्याल गरिरहेका छन। चितवनबासीलाई परेको समस्यालाइ प्रसासनमा दबाब दिन देखि लिएर समस्यागत बासीको घरदैलोमा पनि पुग्ने गरेका छन।आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गर्दै आइरहेका श्रेष्ठले आज उधोग बाणिज्य संघ मार्फत करिब १५ बिपन्न घर धुरीलाई दियालो रोडबाट खाध्यान्न बितरण गरेका थिए र आगामी दिनमा पनि आफ्नो ब्यक्तिगत तर्फबाट र साथै सस्थाबाट खाध्यन्न बाडिने जनाएका छन।

Facebook Comments