- 505Shares
चिनको बुहानबाट सुरु भएको कोरना भाइरस आगो झै सल्किदै अहिले करिब २०१ देशमा फैलिसकेको छ। आज सम्ममा करिब ३४००० को ज्यान गइसकेको छ भने लाखौ मानिसहरु यो भाइरसबाट संक्रमीत भैसकेका छन। अहिले सम्म यो भाइरसको कुनै खोप तथा औषधि पत्ता लगाउन सकिएको छैन।
बिकसित देशहरु अमेरिका, बेलायत, इटली जस्तालाइ यो भाइरसले चपेटामा पारिसकेको र सम्पुर्ण सन्सार नै करिब करिब लकडाउनको अबस्थामा रहेको छ।केही दिन अगाडि भारतले २१ दिनको लागि लकडाउन गरेको छ भने नेपालले पनि ७ दिनको लकडाउनलाइ बढाएर अर्को ७ दिन थपेको छ र यो लकडाउन कति दिनसम्म हुनेछ भन्ने टुंगो छैन।
नेपाल एउटा गरिब देस हो र अहिलेको लकडाउनले धेरै नेपालिलाइ प्रभाबित गरेको छ।अधिकाम्स नेपालिहरु गरिबीको रेखामुनी छन र उनिहरुले दैनिक काम गर्दा पनि दुई हात जोड्न समस्या छ र झन यो लकडाउनले गर्दा यी निम्न आय भएका नेपालीलाई निकै गारो परिरहेको छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ।
भरतपुर १ दियालाे राेड निवासि दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने र एकदिन काममा ननिस्कादा त्यो दिन भोकै बस्नुपर्ने त्यस्तो १५ परिवार लाई आज चितवन उधोग बाणिज्य संघले खाद्यान्न वितरण गरेकाे छ।चितवन उधोग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा संघका महिला सदस्यहरुबाट खाद्यान्न वितरण गरिएकाे हाे।
आज गरिएको खाद्यान्न वितरणका लागि वडा न १ का स्थानीय तथा संचार कर्मी मनाेज घिमिरे तथा युवा ब्यावसायि शैलेस पराजुलिकाे प्राबिधिक सहयोग रहेको थियो ।आज बितरण भएको खाद्यान्न करिब १५ दिनलाइ पुग्ने चितवन उधोग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भएको छ र अझै बिपन्न परिवारको आकडा लिने काम भइरहेको र फेरि पनि बिपन्न अन्य वडाका परिवारलाइ बाडिने बताउनु भएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021