लण्डनस्थित नेपाली दूतावास भने सातै दिन खुल्ने

 

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा लण्डनस्थित नेपाली दूतावास भने सातै दिन खुल्ने भएको छ।

कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीको समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ।

 

यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो।

दूतावासमा काम गर्ने अधिकांश कर्मचारीको आवास  सोही भवनमा रहेको र  पाँच दिनबाहेक  अन्य समयमा आफूहरूले काम गर्दै आइरहे पनि  महामारीका बेला दूतावास अझ बढी जिम्मबार हुनुपर्ने हुँदा सूचना नै जारी गरेर कार्यालय समय थपबारे जानकारी दिइएको दूतावासका उपनियोग प्रमुख शरद्राज आरणले बताए।

Facebook Comments