देबकी थापा
हाल अमेरिका
? आजको आह्वान ?

सम्मान गर्छु स्वास्थकर्मी ईश्वर कै रूपमा , दिनरात खटेका छौ माहामारीको धुपैमा !
भोक,तिर्खा,थकाइ ,निद्रा सबै बिर्सिएर , जगतकै हितमा छौ समय नफाली खेर !
तिम्रा पनि लालाबाला जहान होलान् घरमा, हामी सबै परेका छौँ तिमीहरू कै भरमा !
तेस्रो युद्ध भइसयो, चौथो ननिम्ताऊ न ; दिनुहुन्न यो धर्तीमा भोकमरी आउन !
नामै तिम्रो नाइटिङ्गल, वेग हानी आऊ न,
चराइरहेका घाउमा मलम-पट्टी लाउन !
व्यक्ति-व्यक्ति मात्र हैन, घरकै दूरी बढाऔँ ;
धर्तीमाता रुवाउने काम आजै छोडौँ छोडाऔँ !
गाउँ बेची शहर पस्ने चलन जम्मै तोडौँ,
स्वच्छ सफा हरियाली ठाउँ नै अब रोजौँ !
– देवकी थापा
मार्च २९, २०२०.
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021