दशगजामा दुखेको मन।” सतिश निरौला “

  • 28
    Shares

 

 

 

दशगजामा दुखेको मन।
सतिश निरौला

यतिबेला हामी मात्र होईन सिङ्गो सन्सार नै आक्रान्त छ, जताततै स्तिथी भयावह , कष्टकर अनि अप्ठ्यारो बन्दै गएको छ अनि हामी त्यो अवस्था भन्दा फरक सम्भावना नै छैन ।
यस्तो अवस्था मा एक अर्का बिचको मानवीय सहयोग , परोपकारी भावना अनि सामुहिक लडाइँ नै अहिले को आवश्यकता हो।
यसै बीच सन्सार का थुप्रै मुलुक कोरोनाको कहर सङ्गै लकडाउनमा छन् , हाम्रो छिमेकी मुलुक भारत अनि हामी पनि लकडाउन कै अवस्था मा गुज्रीरहेका छौं । यो अवस्था मा देशभित्र नै रहेका थुप्रै सडकमा जीवन बिताउनेहरु, दिनभरिको काम पछी साझ को चुलो बाल्नेहरु अनि सानोतिनो सडक पेटि अनि ठेला को ब्यापार गर्नेहरु को दैनिकी दिनप्रतिदिन कष्टपुर्ण बन्दै जादैछ। अझ देश भित्र त भोकै प्यासै केही आशा का त्यान्द्रा बटुल्दै बाचिएला यो अवस्थामा नेपाली ले परदेश मा बिताउनु पर्दा को अवस्था कल्पना समेत गर्न सकिदैन । भारत मा देखिएको लकडाउन को पुराका पूरा असर लाखौं लाख नेपाली जो भारत का उधोग- कलकारखाना अनि होटल मा कामगर्नेहरु र भरिया हरु को अवस्था झन् बिजोग बनेको छ, मालिक ले घर जाउ भनेर धपाएका नेपाली हरु यतिबेला बोर्डर बोर्डर मा रुदै , भोकै- प्यासै दशगजा बाट मातृभुमी चिहाउदैछ्न। महाकाली मा मरेमर्छु भन्दै हाम फालेर स्वदेश फर्किने हुन् वा स्वदेश फर्किने भोको र प्यासो शरीर ले नाराबाजी गर्दै गर्का दृश्य हुन् एतिबेला धेरै को मन दशगजामा देखिएको दृश्यले रुहाउदै छ।
हाम्रो नेपालगन्ज सङ्ग रहेको रुपैडिहा बोर्डरमा नि यो दृश्य केहिदिन देखि देखिदैछ, २-३ दिनदेखि देखिदै आएका दृश्यले मन कुडिएको छ ती मन दशगजामा कति दुखे होलान् ? पारिपटी बाट मध्यरातमा जङ्गल कटाएर लाठी हान्दै दशगजाबाट धक्का मारेर पठाउनुपुर्व बाके प्रशासनले के पहल गर्य? किन ल्याइएन सहजता पुर्वक उनिहरुलाइ स्वदेश ? कहाँ चुक्यो हाम्रो प्रशासन वा राज्य अहिले आम नागरिक ले जवाफ खोजिरहेको छ। हुन त यो अवस्था गुनासो र प्रश्न गर्ने अवस्था हुँदै होइन तर आफ्नै छेउमा देखिएको यो दृश्यले मनरोकिएन केही नबोली अनि केही नलेखी, भारतीय समकक्षी सङ्ग सम्बाद अनि जिल्ला का राजनीतिक दल र नागरिक अगुवा सङ्ग समन्वय र सहकार्य गरि अहिले को अवस्था सङ्ग जुध्न सकेनन् बाकेका प्रजिअ यो नलुकेको यथार्थता हो। जुन तदारुकता र रफ्तारमा यतिबेला एउटा प्रशाशक अगाडि बढ्न पर्थ्यो उसले आफ्नो कार्यसम्पादन गर्नुपर्थ्यो त्यसमा चुकेकै हुन् उनी।

हिजो पनि १८० जना नेपाली जो मुग्लान बाट यो बिपत्ति आएसङ्गै नेपाल फिरेका छन् अहिले नि सिमा मा नेपाल पस्न देउ भन्दै गुहार लाउदै छन् , उनिहरु ले आफ्नो देश पस्न हड्ताल र नारा बाजि गर्ने परेको अवस्था ले आज सिङ्गो मुलुक को ध्यानाकर्षण भएको छ। उनिहरुलाइ नेपाल ल्याएर क्वारेन्टाइन मा राखौं र आ आफ्नो घर पठाउने ब्यबस्थापन गरौं , दशगजा मा स्वदेश पस्न रुनु परेको दृश्य ले सबै को मन कुडिएको छ।
हो यतिबेला कोरोना भाइरसको महामारी छ तर आएका सबै नेपाली कोरोना रोगी पनि होइनन् उनिहरुलाइ क्वारेन्टाइन मा राखी चेक जाच गरौं , यो बिपत्ति र महामारी को बेला हो यस्तो बेला मातृभुमी प्रवेश मा रोक लाउनु समाधान होईन अब उनीहरुको ब्यबस्थापन स्वदेशमा नै गरियोस् ।

 

Facebook Comments