दुर्गा दुर्गा भगवती दुर्गा भगवती टोलका दिदी बैनिहरु मिलेर चैते दशै गरिब असहाय र अशक्तहरु संग रहेर मनाए।
दुर्गा भगवती टोलका दिदी बैनिहरु तथा त्यसै टोलमा रहेका पुल्चोक बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सस्थापक अध्यक्ष उषा खरेल सुबेदीको सम्योजकतामा सोही टोलमा रहनु भएका छिमेकी साथिहरु सरु थापा ,सुधा पन्त , सुजिना पन्त, लगायतका साथिहरु मिलेर यसै टोलमा रहेको दुर्गा भगवती मन्दिरको छेउमा बसि भक्तजनहरुको बाटो कुरिरहेका केही अनाथ , अशक्त , गरिबहरु संग सामाजिक दुरिमा बसि चैते दशै मनाएका छन। यहि सस्थाका सदस्यहरु मिलेर गरिब तथा अशक्त ब्यक्तिहरुलाइ कोरना भाइरसबारे सचेतना दिदै अति आबस्यक साबुन , बिस्कुट तथा चाउचाउ बाडेका छन।

यो सस्थाले यो भन्दा अगाडि पनि विभिन्न सामाजिक काम गर्दै आइरहेका छन।चितवनमा बन्दै गरेको क्रीकेट स्टेडियमको लागि पनि यो सस्थाका दिदी बैनी मिलेर आर्थिक सहयोग गरेका थिए।पुल्चोक बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सस्थापक अध्यक्ष उषा खरेल सुबेदीले आबस्यक पर्यो भने दुर्गा भगवती टोलका दिदी बैनिहरु मिलेर चुलो बल्न नसकेका गरिब परिबारलाइ आबस्यक्ता हेरि खाध्यान्न पनि बाड्ने कार्यक्रम गरिने लण्डन काठमाडौलाई बताएकी छिन।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021