बिशाल मार्ग टोल बिकास संस्था द्वारा कोरोना बिरुद्द डिस्ईन्फेक्ट कार्यक्रम सन्चालन:

बिशाल मार्ग टोल बिकास संस्था द्वारा कोरोना बिरुद्द डिस्ईन्फेक्ट कार्यक्रम सन्चालन:
——————‐———————————————-
बिश्वभर फैलिईरहेको कोरोना भाईरस Covid 19 ले सिंगो मानव जातिलाईनै धरापमा पारेको बर्तमान अवस्थामा प्रकृति संग जुधेर ठुरा आविस्कार र बिद्धंसक तत्वहरूको आविस्कार गर्न सफल सक्तिसाली राष्ट्रका मानव समेत आज सानो भन्दा सानो अदृष्य भाईरसको अगाडी निर्लज्ज अवस्थामा उभिन वाध्य भएका छन् ।
भाईरसको संक्रमण मानव बाट मानवमा धेरै हुने र प्लाष्टिक, फलाम लगायतमा पनि घन्टौं सम्म जिवित रहन सक्ने भएकोले नेपाल सरकारले आव्हान गरेको लकडाउनको आज 10औं दिनको बिहानी संगै भाईरस निर्मलिकरण अभियान शुरु गरिएको छ ।

भरतपुर महानगरपालिका वार्ड नंबर ३ मा रहेको टोल बिकास संस्था “बिशाल मार्ग टोल बिकास संस्था ” ले आफ्नै खर्च र आफ्नै सकृयतामा यो डिस्ईन्फेक्ट गर्ने कार्यको सुरुआत गरेको हो ।

भिर्ब्याक कंपनिको कोर्सोलिन टि एच भन्ने औषधी छरिएको हो, यो औषधी प्राबिधिकको सल्लाह बमोजिम 100 ली पानीमा 1ली मिसाई छरिएको छ । यसलाई बिशालमार्गको प्रत्येक सटर, गेट, च्यानल गेट र ढोकाहरु का साथै पिचरोड, फुटपाथ र नालिको भागमा समेत छरिएको छ, 250मीटर लामो बिशालमार्ग को दुबैभाग र सबै खुल्ला ठाउॅमा छर्कनको लागि 1ली औषधी नै काफि रहेको छ ।

 

टोलबासीहरु सबै जना घरभित्र थुनिएर बसेका छौं, बाहिर निस्कदा घरका सटर र ढोकाहरुमा र बाटोका प्रत्यक पाईला पाईलामा कोरोनाले हामीलाई कुरेर बसेको छ कि भन्ने त्रास पनि हटोस् यदि कोरोना साच्चिनै रहेछ भने नष्ट होस् भन्ने चाहनाले यो औषधी छर्ने र डिस्ईन्फेक्ट गर्ने कार्य गरिएको हो भन्दै हुनुहुन्छ बिशालमार्ग टोल बिकास संस्थाका सचिव सोम प्रसाद काप्री ।
उक्त कार्यको अनुगमनको लागि वडा प्रहरी कार्यालय नारायणगढ को टोली बिशालमार्गमा उपस्थित भई छिर्काउ (औषधी छर्ने ब्यक्ति) लाई सुरक्षित तवरबाट औषधी छर्ने बिषयमा सचेत समेत गराईएको थियो ।

बिशाल मार्ग टोल बिकास संस्थाले आफ्नो टोलमा कोरोना बिरुद्ध सचेतना कार्यक्रम सन्चालन, लकडाउनको पुर्ण पालना गर्नको लागि अनुरोध र खानाको लागि समस्या भएमा टोल बिकास समिति का आधिकारिक ब्यक्तिहरु संग सम्पर्क र समन्वय गर्न को लागि अभियान समेत सन्चालन गरेको छ ।

2076/12/20

Facebook Comments