विगत एक सातादेखि नेपाल-भारत सीमा सुनौलीमा आफ्नो भूमि प्रवेशको मागसहित ३ सय ५ जना नेपालीहरू रोकिएका छन्।

नेपालकै दोस्रो ठूलो रूपन्देहीको बेलहिया नाकामा सयौं नेपाली थुनिएका छन्। कोराना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत १० गतेदेखि लकडाउन गरेको छ। सबैभन्दा बढी रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरू कोरानाको त्रास बढेसँगै स्वदेश फर्किरहेका थिए।

लकडाउनपछि पनि केहीदिन रोकिएका केही नेपालीहरूलाई सीमाबाट सुरक्षित रूपमा क्‍वारेन्टाइनमा राखेर घर जाने गरी प्रवेश गराइएको थियो। तर, फेरि पनि सीमामा नेपालीहरू आफ्नै देशमा प्रवेश नपाएर सीमामै थुनिन बाध्य भएका छन्। विगत एक सातादेखि नेपाल-भारत सीमा सुनौलीमा आफ्नो भूमि प्रवेशको मागसहित ३ सय ५ जना नेपालीहरू रोकिएका छन्।

सरकारले भारतबाटै नेपालमा कोराना भाइरस संक्रमण फैलिने उच्च जोखिम रहेको र नेपाल लकडाउन गरिएकाले मानिसहरूको आवतजावत र अन्तरदेशीय नाका समेत ‘शील’ गरेकाले नेपाल प्रवेश गर्न अनुमति दिएको छैन। रूपन्देहीको बेलहियासहित देशभरका नेपाल-भारत सीमामा नपाली थुनिएपछि सर्वत्र विरोध पनि भइरहेको छ। आफ्नै देशमा प्रवेश गर्न पनि सरकारले रोकेको भन्दै अधिकारकर्मीहरूले सरकारले अन्याय भन्दै विरोध गरिरहेका छन्। तर, स्थानीय प्रशासनले भने संघीय सरकारले निर्णय नगर्दासम्म नेपाल-भारत सीमा पूरै ‘शील’ रहेको भन्दै प्रवेश गर्न दिएको छैन।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतमा रोकिएका नेपालीहरूलाई भारतमै क्‍वारेन्टाइनको व्यवस्थापन गरिएको र तत्त्काल नेपाल प्रवेशको अनुमति नभएको बताए। कोराना भाइरसको जोखिमबाट बचाउनका लागि सीमामा रहेका नेपाली ल्याउन नसकेको प्रजिअ पन्थीको भनाइ छ। सीमामा अलपत्र परेका नेपालीहरूले जन्मभूमि नेपाल प्रवेशका लागि धर्ना समेत दिएपछि भारतकै क्‍वारेन्टाइनमा राख्ने सहमति भएको थियो। जसअनुसार बुधबारदेखि व्यवस्थापन गरिएको प्रजिअ पन्थीले जानकारी दिए। दशगजामा अलपत्र परेका ३ सय ५ जना नेपालीलाई भारतको नौतनवाको एक कलेजमा राखिएको छ।

 

Facebook Comments