इच्छाकामना गाउँपालिकामा रोटरीद्वारा खाद्यान्न सहयोग

 

रोटरीद्वारा खाद्यान्न सहयोग
इच्छाकामना गाउँपालिका, कुरिनटार ।
चैत्र २१, २०७६
नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच इच्छाकामना गाउँपालिकामा करिब १०० घरधुरी परिवारको लागि दैनिक आवश्यक खाद्यान्न सामग्रीहरूका वितरण गरेको छ । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, शसस्त्र प्रहरी बल, आँपटारीका प्रहरी उपरिक्षक खेमबहादुर थापा, समाजसेवी टंक पौडेल लगायत १ र २ नम्वरका वडा अध्यक्षहरूको उपस्थितीमा नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले उक्त खाद्यान्नहरू गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वार्थ भन्दा माथी सेवाको भावनाले अभिप्रेरित रोटरी अन्तर्राष्ट्रिय एउटा भगिनी संस्था नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाज्यूको सौजन्यतामा विश्वभर कोरोनाको माहामारी पैmलिरहेको यस कठिन परिस्थितीमा उक्त गाउँपालिकाका दैनिक ज्यालादारी गरी परिवार पाल्नुपर्ने मजदुरहरूको दयनीय अवस्था देखेर नारायणगढ रोटरी क्लब मार्पmत चामल, तेल, नुन, सोयाबिन, दाल, आलु, प्याज, साबुन, चिउरा र विस्कुट गरी एकलाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गर्नुभएको थियो ।
इच्छाकामना गाउँपालिकाका सात वटा वडाहरूमध्ये १ र २ नम्वर वडाहरू अत्यन्तै विकट ठाउँमा रहेकोले उक्त वडाहरूमा वसोवास गर्ने चेपाङ, दरै लगायत अन्य जातिहरूको दैनिक भरणपोषणमा सहयोग पुगोस् भन्ने हेतुले उक्त खाद्यान्न सामग्रीहरू सम्बन्धित वडा अध्यक्षहरू मार्पmत वितरण गरिने क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाले बताउनुभयो । कोरोना भाइरसले महामारी रूप लिइरहेको यस विकराल अवस्थामा उक्त गाउँका दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरहरूका लागि केही राहत प्रदान गरिएको क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले बताउनुभयो ।
उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्ष चुननारायण श्रेष्ठ, रमेश श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश पौडेल, वर्ष २०२०÷२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, सचिव यज्ञमुनि बज्राचार्य, सदस्यहरू गुणेश्वर महतो, बसन्तबहादुर पाण्डे लगायतको उपस्तिथी रहेको थियो ।

Facebook Comments