पोखरामा कोरोना : आधिकारिक सूचनालाई कुरौँ स्वास्थ्य निर्देशनालय
चितवन, चैत्र २१ । कास्कीको पोखरामा कुनैपनि कोरोना संक्रमित नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डा. बुद्दिप्रसाद पौडेलले बताएका छन्। यसअघि विभिन्न सञ्चारमाध्यममा सातौँ कोरोना संक्रमित नेपालमा भेटिएको भन्ने समाचार प्रकाशित भएपछि लगातार न्युजले पौडेललाई सम्पर्क गरेको थियो। ‘कोरोना संक्रमण सम्बन्धि रिपोर्टमा कोही पनि पोजेटिभ भएकोबारे मलाई जानकारी आएको छैन, त्यसैले हल्लाको पछि कोही पनि नलागौँ, आधिकारिक सूचनालाई कुरौँ,’लण्डन काठमााडौं न्युजसँग भने।
तर कोरोनाको सम्पूर्ण जानकारी दिने वर्ल्डोमितरले भने नेपालमा ७ जनामा कोरोना संक्रमित देखिएको जनाएको छ। यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये एकजना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विशेष निगरानीमा उपचार भइरहेको छ। सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर ११ दिनयता लकडाउन गरेको छ। यसअघि राखिएको समाचार हाललाई लण्डन काठमाडौं न्युजबाट हटाएका छौं।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021