ठिमुरामा ३८ घर चेपाङ समुदायमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

 

२०७६ शुक्रबार २१

आज बिश्वनै कोरना भाइरसबाट आक्रान्त भइरहेको र ५० औ हजार मानिसहरुको ज्यान गइसकेको अबस्था छ भने लाखौ ब्यक्ती यो भाइरसबाट संक्रमण भइसकेका छन। करिब करिब कोरना भाइरस संग लड्न सबै देशले लकडाउन गरेको अबस्था छ। नेपालमा पनि पहिलो सन्क्रमित महिला फेला परेपछी तुरुन्त नेपाल सरकारले ७ दिनको लकडाउन घोषणा गरेको थियो र पछि सन्क्रमितको संख्या बढेपछि पुन ७ दिनको लकडाउन थपेको छ र सायद आउदो दिनमा पनि समय थप गर्नुपर्ने आबस्यक्ता रहनेछ।

नेपालमा अधिकाम्स जनता दैनिक रोजगार गरेर आफू र आफ्नो परिवार पाल्ने गर्दछन।लकडाउन जनताको लागि नै गरेको भएतापनी दैनिक ज्यालादारी गरि खाने गरिब जनतालाइ भने प्रभावित पारेको छ।अहिले ती गरिब जनताको चुल्हो नबल्ने अबस्था आइसकेको छ। यहि विषम अबस्थालाइ बुझी नारायणगढ बसपार्क टोल बिकाश तथा बस ब्यवस्थापन समिती,युथ क्लब नारायणगढ, समाजसेबी तथा भरतपुर महानगरपालिका वडा १ का ने क पा का जिल्ला नेता सन्देस श्रेष्ठको साथ र सहयोगमा भरतपुर महानगरपालिका वडा न:१ को उपस्थितिमा अति आवश्यक रहेकोे भरतपुर महानगरपालिका वडा न :१ अन्तर्रगत को ठिमुरामा ३८ घर चेपाङ समुदायमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको नारायणगढ बसपार्क टोल बिकाश तथा बस ब्यवस्थापन समितीका अध्यक्ष सन्तोस श्रेष्ठले लण्डन काठमाडौंलाई जानकारी दिए।उक्त राहत बितरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा १ का सदस्य सुक्र कुमार श्रेष्ठ लगायत अन्य समाजसेवीको उपस्थिती रहेको थियो।

यो पनि

गायक तथा संगीत जीवन पन्त र गायिका बिष्णु माझीको स्वरबाट सजिएको तथा शब्द नारायण कडेलको ” चाहिनेजो”

गायक तथा संगीत जीवन पन्त र गायिका बिष्णु माझीको स्वरबाट सजिएको तथा शब्द नारायण कडेलको ” चाहिनेजो” ले अहिले सारा विश्व नै तताएको छ।हरेक पार्टी ,पिकनिक तथा कार्यक्रममा “चाहिनेजो” ले ब्यापकता लिएको छ।अहिले सामाजिक संजालको टिकटक पुरै ” चाहिनेजो ” ले भरिएको छ।छोटो समयमा नै यो गीतले श्रोतालाइ जित्न सफल भएको छ।

“चाहिनेजो” शब्द थ्याक्कै मुखमा जुन्डिने र कर्णपि्रय स्वरले गर्दा अहिले साना साना केटाकेटी देखि युबा र बृद्दको मुखमा झुन्डिएको छ।अहिले विभिन्न सामाजिक अभियन्ता पुरुष तथा महिला, सेना,पुलिसका श्रोताहरुले पनि टिकटकमा अभिनय गरि सन्जालमा हाल्ने गरेका छन।” चाहिनेजो” गीत पुर्ण नेपाली लोक भाकामा आधारित छ तर पनि यो गीतले आधुनिक पुस्ता देखि पुराना पुस्ता सबैलाइ छुन सकेको देखिन्छ र उनिहरुको मन मुटुमा बस्न सफल भएको छ।

 

 

Facebook Comments