सावधान ! ई-सेवा सुरक्षित छैन : यसकारण तपाईको ई-सेवाको रकम जतिबेलापनि चोरी हुनसक्छ

 

 

काठमाडौ । नेपालको पहिलो अनलाइन भुक्तानी सेवाप्रदायक ई सेवा सुरक्षित छैन भन्ने गतिलो उदाहरण बाहिर आएको छ । जब यसका निर्माता समेत रहेका एक सञ्चालक अरुका साईट ह्याक गर्छन भने एक दिन यो प्लाटर्फमा रहेका लाखौँ निक्षपकर्ताको रकमपनि यसैगरी चोरी नहोला भन्न सकिन्न । कुरा हो यसका केही सञ्चालकको पछिल्लो फण्डा । अहिले १० लाख भन्दा धेरै प्रयोगकर्ता भएको ई–सेवाका सञ्चालक अस्गर अलीसहितको समूह माथि गम्भीर आरोप लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार समेत रहेका अली समूहले ‘काठमाडौं प्रेस डट कम’ नामक न्यूज पोर्टललाई ह्याक गरेर समाचार डिलिट गरेको गम्भीर आरोप लगाइएको छ ।

काठमाडौं प्रेस डट कमले आफ्नोविरुद्ध समाचार सम्प्रेषण गरेपछि अली समूहले उक्त न्यूज पोर्टल ह्याक गर्दै समाचार डिलिट गरेको काठमाडौं प्रेसले जानकारी दिएको छ । अहिले मान्छेहरु ई–सेवा बहिष्कार गर्ने भन्दै अनेक अभियान चलाउन थालेका छन् । सामाजिक सञ्जाल र केही मिडियाहरुले यदी यो घटना सत्य हो भने अरुको प्लाटफर्म चोरी गर्ने, बिगार्ने व्यक्तिहरुले ई सेवामा भएको निक्षप नबिगार्लान् भन्न कहाँ सकिन्छ भन्दै प्रश्न गरिरहेका छन् ।

 

यो पनि हेर्नुहोस :-

प्रख्यात मोडल आचल शर्माले पाइन बेलायतमा आमा बुबा।

गायक तथा संगीतकार जीवन पन्त र गायिका बिष्णु माझीको स्वरबाट सजिएको तथा शब्द नारायण कडेलको रहेको ” चाहिनेजो” गितले अहिले सारा विश्व नै तताएको छ। हरेक पार्टी ,पिकनिक तथा कार्यक्रममा “चाहिनेजो” ले ब्यापकता लिएको छ।अहिले सामाजिक संजालको टिकटक पुरै ” चाहिनेजो ” ले भरिएको छ।छोटो समयमा नै यो गीतले श्रोता दर्शकको मन जित्न सफल भएको छ।यो गीतको छायांकनमा नारायण कडेल र गंगा कडेलको छोरीको भुमिकामा देखिएकी छिन।

“चाहिनेजो” शब्द ठ्याक्कै मुखमा झुण्डिने र कर्णप्रिय स्वरले गर्दा अहिले साना साना केटाकेटी देखि युबा र बृद्दको मुखमा यो गित झुन्डिएको छ।अहिले विभिन्न सामाजिक अभियन्ता पुरुष तथा महिला, सेना,पुलिसका श्रोताहरुले पनि टिकटकमा अभिनय गरि सन्जालमा हाल्ने गरेका छन।” चाहिनेजो” गीत पुर्ण नेपाली लोक भाकामा आधारित छ तर पनि यो गीतले आधुनिक पुस्ता देखि पुराना पुस्ता सबैलाइ छुन सकेको देखिन्छ र उनिहरुको मन मुटुमा बस्न सफल भएको छ।

 

Facebook Comments