आर्डी भट्ट, बुद्धनगर, काठमाडौ, नेपाल
शनिबार, चैत्र २२, २०७६
पर्दैन पढ्न : जीवन बुझ बाबु:

बिश्वबिदा भएको बेला
तिमी पनि रम,
बस एक चिज मनमा गम!
पर्दैन घोक्न बीजगणीतका सुत्रहरू
कण्ठस्त नपारे भो ज्यामितीका साध्यहरू
ध्यान दिएर बुझ जीवनका गहिराईहरू
गाईको बाच्छो हेर, त्यस्को हौशला हेर!
फुलबाट निस्केको चल्लो हेर
त्यो बच्चोको अन्वेशण हेर
झुशिलकिराबाट परिवर्तित पुतली हेर
पुतलीको पखेटाको रङरोगन हेर
घाँसको हरियोपन हेर, फूलको सौन्दर्य हेर!
उखुको गुलियोपन जाँच
चरिको चिरबिर सुन
उक्लिदो वसन्तको पखेटा हेर
बिहानी शीतमा बिम्ब हेर
अनि प्रकृतिको अनुशासन बुझ
निरंतरता हेर ! सन्तुलन देख!
नानी:
न्युटनको चालको नियम होइन
आफ्ना पाइलाको ख्याल राख
सगरमाथाको उचाई भन्दा
आफ्नो कोठाको परिधि नाप
आन्ध्रमहासागरको बिशालता भन्दा
आफ्नी आमाको वात्सल्य बुझ
सन्तुलित आहारको परिभाषा भन्दा
एक कप मिठो चिया बनाइ ख्वाउने कला सिक
बाबुनानीहो:
जीवनको विषम मोडमा
अब्बल श्रेणीसहित पासभइ
सुनौलो भविष्य कोर्न सिक!
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021