प्रतीक्षाले जन्मदिनमा केक होइन जीवन बचाउन रगत दान गरिन।

  • 693
    Shares

 

बिकसित देशहरु अमेरिका, बेलायत, इटली जस्तालाइ यो भाइरसले चपेटामा पारिसकेको र सम्पुर्ण सन्सार नै करिब करिब लकडाउनको अबस्थामा रहेको छ।केही दिन अगाडि भारतले २१ दिनको लागि लकडाउन गरेको छ भने नेपालले पनि ७ दिनको लकडाउनलाइ बढाएर अर्को ७ दिन थपेको छ र यो लकडाउन कति दिनसम्म हुनेछ भन्ने टुंगो छैन।यहि समय नेपालमा रगतको चरम अभाब देखिएको छ ।

आज चैत्र २२ गते भरतपुर – १३ निबासी समाजसेवी प्रतीक्षा अधिकारी ढुंगानाले आफ्नो जन्मदिनको अबसर पारी भरतपुर स्थित रक्तसञ्चार केन्द्रमा रगत दान गरेकी छिन। अहिले कोरोना भाइरसबाट संक्रमीत बिरामिलाइ रगतको आबस्यक्ता पर्न सक्छ ।अहिले चितवनमा रगतको चरम अभाव भैरहेको बेलामा विभिन्न संघ सस्थाहरुले रगत दान गर्नको लागि आब्वान गरेका छन तर लकडाउनको कारण प्रयाप्त रगत जम्मा हुन सकेको छैन।

Facebook Comments