वनको भाइरसभन्दा पनि मनको भाइरस जाग्यो , दुबै भाइरस भेट हुँदा भोक र निन्द्रा भाग्यो !

 

देवकी थापा
( हाल :- अमेरिका )

?भाइरस भय?

वनको भाइरसभन्दा पनि मनको भाइरस जाग्यो ,
दुबै भाइरस भेट हुँदा भोक र निन्द्रा भाग्यो !

न त आवाज बन्दुक बमको न त पेस्तोलको ,
चुपचाप युद्ध तेरो कस्तो, केका लागि भाको ?

मेसिन बिना नदेखिने जीव छ शक्तिशाली ;
जता पनि ज्यानै लिन्छ, सातो लिन्छ खालि !

पाँच मिनेटमै जाँच्ने मेसिन आविष्कार भाछ ;
मीठो स्वास फेर्दै हिंड्ने दिन नि आउन लाछ !

पि.पि.ई.को प्रयोग साथै ज्ञानका भण्डार जोडौँ ;
भाइरसका सम्पर्क सबै आजैबाट तोडौँ !

आज-भोलि भन्दा-भन्दा महिना बित्न लाछ ;
क्वारेन्टाइन्मा बस्ने पालो त्यै किरोको आछ !
– देवकी थापा ( हाल अमेरिका )
मार्च ३१, २०२०.

 

Facebook Comments