वास्तविक थपलिया
सदिक्क्ती

भैगो साथी उठ् अब, अझै कति पिंउछस्
छाडेर गैसकी उस्ले तलाई, अझै कति रुन्छस्
एक बारको जिन्दगी हो साला यार
पलपल मारेर आफुलाई, अझै कति जिउंछस्
सम्बन्ध त तोडेर गैसकी उस्ले
भन्
त्यो तोडिएको मन अब कहिले जोड्छस्
मायाको धागो त चुडाएर गैसकी उस्ले
च्यातिएर धुजा धुजा भएको त्यो मन अब कसरी सिउंछस्।।
हेर् साथी
धोकाको यो दलदलमा फसेर
प्रेमको त्यो भुमरीमा रुमल्लिएर
सराबको यो नशामा, मदहोसी भएर
जिन्दगीलाई नै बेहोसी बनाएर,अझै कति पिउंछस्।।
हिजोका ती पुराना बिगतलाई सम्झेर
आजको बर्तमानमा आफैंलाई आगो लाएर
उज्ज्वल भविस्यलाई खरानी बनाएर
सुन्दर जिन्दगीलाई नै कुरुप बनाएर,अझै कति पिउंछस्।।
साला यो जिन्दगी हो यार
यहाँ अनेकौं उकाली ओराली हुन्छन्
आरोह अवरोह हुन्छन्
भुलेर यो सत्यलाई तैले,
आफैंलाई भुली अझै कति पिउंछस्।।
तर होस् गर साथी,
तैले अहिले जसरी यो रक्सीलाई, बोत्तल बाट रित्ताएर पिइ रहेको छस्
त्यही रक्सीले तलाई नै एकदिन जिन्दगीबाट रित्ताइ दिनेछ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021
अति राम्रो लाग्यो सर धन्यवाद ।